बैशाख ०७, २०८१, शुक्रबार
               

नेपाल लाइफको शेयर:माघ १३ गतेसम्म किन्नेले ५१ प्रतिशत लाभांश पाउने

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर माघ १३ गतेसम्म किन्नेले ५१ प्रतिशत लाभांश पाउने छन् । 

यस कम्पनीको साधारण सभा तथा लाभांश वितरणका लागि माघ १४ गतेदेखि माघ २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ, भने माघ १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको बिसौँ वार्षिक साधारण सभा माघ २८ गते गर्ने जनाएको छ । 

उक्त सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका एजेण्डा रहेका छन् । 

यो पनि