बैशाख १४, २०८१, शुक्रबार
               

नेप्सेद्धारा ३ कम्पनीको शेयर मूल्य समायोजन

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेप्सेमा ३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

नेप्सेमा गरिमा विकास बैंक लिमिटेडको १३.५० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३२४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । 

हिजो (आइतवार) नेप्सेमा अन्तिम कारोबार मूल्य ३६८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । त्यस्तै, सेन्ट्रल फाइनान्स लिमिटेडको ७ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता २१७ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । 

यस कम्पनीको हिजो (आइतवार) को अन्तिम कारोबार मूल्य २३२ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । त्यसैगरी, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २.८५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३६९ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । 

नेप्सेले हिजोको अन्तिम कारोबार मूल्य ३८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि