बैशाख १३, २०८१, बिहीबार
               

गन्धर्व संस्कृतिका धरोहर गायकको  निधन

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

‘यो दाजुको मिर्मिरे आँखा’, बेली र चमेलीलगायत चर्चित लोकगीतका संकलक धनबहादुर गायकको निधन भएको छ । २०२१ साल वैशाख ६ गते पोखराको बाटुलेचौरमा जन्मिएका गायकको सोमबार मणिपाल अस्पतालमा निधन भएको हो । 

गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आएका थिए । उनी “लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ”  भन्नेमा विश्वास गर्थे ।  गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बनेका थिए । 

 झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गरे तर उनको योगदानको कदर कहीँकतैबाट नभएकाले उनको स्मृति र सारङ्गी संरक्षणका लागि उक्त पाठशाला खोलिएको गायकले बताउँदै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि