बैशाख ०७, २०८१, शुक्रबार
               

सिक्किम क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा केही घाइते

नेपाल फ्ल्यास
माघ १२, २०७७

सांकेतिक रुपमा लद्दाखकाे पुरानो फोटो
ADVERTISEMENT

काठमाडौं । लामाे समयदेखि भारत र चीनबीचकाे सीमा तनावले फेरि झडपकाे रुप लिएकाे छ । भारतको सिक्किमस्थित भारत–चीन सीमाक्षेत्रमा दुई मुलुकका सेनाबीच झडप भएको भारतीय समाचारमा उल्लेख छ । 

तीनदिनअघि सिक्किमको नाकुला पासमा उक्त झडप भएको हो । समाचारमा उल्लेख गरिएअनुसार उक्त झडपमा दुवै पक्षका केही सेनाहरू घाइते भएका छन् । अहिले झडप भएको क्षेत्रमा दुवै मुलुकले सैन्य उपस्थिति बढाएका छन् । घाइतेहरूकाे संख्या विभिन्न सञ्चारमाध्यममा फरक-फरक आए पनि आधिकारिक रुपमा पुष्टि हुन सकेकाे छैन ।

यसअघि गत असारमा लद्दाखमा भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए । उक्त झडपमा चीनतर्फ पनि हताहती भएको दाबी गरिए पनि त्यसको विवरण अहिलेसम्म सार्वजनिक भएकाे छैन । 

त्यस्तै सन् २०१७ मा डोकलामको तीन मुलुकको सीमाक्षेत्रमा झडप भएको थियो । सो क्षेत्रमा ७३ दिनसम्म तनाव बढेको थियो ।


कस्तो लाग्यो ?

यो पनि