बैशाख ०८, २०८१, शनिबार
               

टिपरको ठक्करबाट २ जनाको मृत्यु, स्थानीय आन्दोलित

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

महोत्तरीमा टिपरकाे ठक्करबाट घटनास्थलमै २ जनाकाे मृत्यु भएकाे छ । औरही नगरपालिकामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हाे । 

नगरपालिका-४ कठुवारमा सोमबार बिहान ना ८ ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक १९ वर्षीय प्रमोद राम र पछाडि सवार १३ वर्षीय बालक गुड्डु नदाफको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।


कस्तो लाग्यो ?

यो पनि