बैशाख १४, २०८१, शुक्रबार
               

पुल उद्घाटन गर्न दाङ जाँदै प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाँदै छन् । दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उद्घाटन गर्न प्रधानमन्त्री आज दाङ जान लागेका हुन् ।

गत बर्ष नै राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्नेगरी नेपालकै दोस्रो लामो पक्की पुल निर्माण भएको थियो । करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको थियो ।

पुलको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७३ मंसिर २२ गते गरेका थिए ।पुल उद्घाटन सकेपछि राप्ती गाउँपालिका-२ लालमटीयामा जनसभाको आयोजना गरिएको छ ।

हजारौँ जनता तथा पार्टीका कार्यकर्ता उतार्ने योजना बनाइएको सो जनसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी देउखुरीको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रशासन दाङले जनाएको  छ ।


कस्तो लाग्यो ?

यो पनि