बैशाख १४, २०८१, शुक्रबार
               

पुटिनविरुद्ध प्रदर्शन गर्ने ३ हजारभन्दा बढी नाभाल्नी समर्थक पक्राउ

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

एजेन्सी । रुसी प्रहरीले विपक्षी नेता एलेक्सी नाभाल्नीका तीन हजार भन्दा बढी समर्थकलाई पक्राउ गरेको छ । प्रहरीले नाभाल्नीको समर्थनमा भएको प्रदर्शनमा हस्तक्षेप गरि तीन हजार भन्दा बढिलाई पक्राउ गरेको अनुगमन कर्ताले बताएका छन् ।

विष दिएर हत्या गर्न खोजिएका नाभाल्नी जर्मनीमा उपचार गराएर गएको हप्ता पाँच महिनापछि रुस फर्किएका थिए ।

फर्किएलगत्तै उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । त्यसको विरोधमा नाभाल्नीका समर्थकहरुले प्रदर्शन गर्दै आएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनका गम्भीर आलोचक नाभाल्नीका दसौँहजार समर्थक प्रदर्शनमा सहभागी भएका थिए । पछिल्लो केही वर्ष यता पुटिनविरुद्ध भएको ठूलो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

गएको आइतबार पक्राउ परेका नाभाल्नीले प्रदर्शनका लागि आह्वान गरेका थिए । रुसका एक सय भन्दा बढी शहर तथा बजारहरुमा नाभाल्नीको रिहाको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विद्यार्थीदेखि पाको उमेरका व्यक्तिसम्म सहभागी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मस्कोको मध्य क्षेत्रमा भएको प्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि