बैशाख ०८, २०८१, शनिबार
               

नेकपाको दुवै पक्षलाई निर्वाचन आयोगले दिएन मान्यता

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।

आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो ।

प्रचण्ड-माधव नेपाल समूह र केपी शर्मा ओली समूहले आफू खुशी गरेको निर्णयलाई आयाेगले मान्यता नदिने निर्णय गरेको एक निर्वाचन आयुक्तले जानकारी दिए ।

उनका अनुसार, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएन ।’

आज बसेको प्रमुख निर्वाचन आयुक्त सहितको बैठकले ओली र प्रचण्ड–नेपाल पक्षले दाबी गरेको हेरफेर, संशोधन गर्न नमिल्ने र साविकको विवरण नै कायम रहेको निर्णय गर्दै दुबै अध्यक्षलाई जानकारी दिने निर्णय गरेको हाे ।

यसअघि प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियाे । ओली समूहले केन्द्रीय सदस्य थप गरेको थियो ।

यसैबीच, निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि