बैशाख ०८, २०८१, शनिबार
               

कोभिड–१९विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ ।

भारतले नेपाललाई अनुदानमा अनुदानस्वरुप उपलब्ध गराएको १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइने बताइएको छ । कोरोनाविरुद्धको खोप १४ गते बुधबार १० बजे लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताए । 

खोप प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुने बताउँदै उनले सो कार्यक्रममा भर्चुवल माध्यमबाट सो कार्यक्रममा सात प्रदेश र काठमाडौं उपत्यकाका ६२ अस्पताल जोडिने उनले जानकारी दिए । 

‘१८ गतेभित्र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रमा खोप पुग्नेछ र अभियान सुरु भएको १० दिनभित्र पहिलो चरणको खोप अभियान सुरु हुनेछ,’ मन्त्री त्रिपाठीले भने,’ ‘पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलन र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएकाहरु, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइनेछ । आगामी दिनमा खोप अभियानमा निरन्तरता रहनेछ । पहिलो चरण सक्नुअगाडि नयाँ खेपको खोप प्राप्त हुनेछ ।’


कस्तो लाग्यो ?

यो पनि