बैशाख ०७, २०८१, शुक्रबार
               

मुख्यमन्त्री राईले लुकाएको सम्पत्ति विवाहमा देखियो
सर्वहाराका सारथि कम्युनिस्ट नेताको ‘बुर्जुवा शैली’को विवाह

ADVERTISEMENT

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले लुकाएको सम्पत्ति उनको विवाहमा देखिएको छ । भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ५० बमोजिम मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नो र परिवारको नाममा रहेको चलअचल सम्पत्तिको विवरण ६० दिनभित्र सार्वजनिक गर्ने प्रावधान छ । तर उनी मुख्यमन्त्री भएको तीन वर्ष बित्दा समेत सम्पत्ति विवरण सार्वजनिक गरेनन् । 

नेकपाकै नेता, कार्यकर्ता, सर्वसाधारणले समेत ‘मुख्यमन्त्री राईको सम्पत्ति के कति छ ? ’ भन्ने बारेमा अनेक चर्चा परिचर्चाहरू गर्दै आएका थिए । सार्वजनिक महत्त्वको यसको उत्तर अहिलेसम्म सार्वजनिक नगरेका उनले भड्किलो शैलीमा विवाह गर्दै आफू अथाह सम्पत्तिको मालिक रहेको जनाउ दिएका छन् ।

सरकारी निवासमा बस्दै आएका मुख्यमन्त्री राईको यसअघि खासै सम्पत्ति भने बाहिर देखिएको थिएन । राजनीतिक उचाइका हिसाबले सानै उमेरमा महत्त्वपूर्ण नेतृत्वमा पुगेका, तर बुढेसकालमा विवाह गरेका राईले अघिल्लो पटक संञ्चारमन्त्री मन्त्री हुँदा भने सम्पत्ति सार्वजनिक गरेका थिए । अत्यधिक भड्किलो र खर्चिलो विवाहलाई नेपालको कानुनले पनि वर्जित गरेको छ । मुख्यमन्त्री राईले पनि सामाजिक व्यवहार (सुधार) ऐनको उल्लघन गरेका छन्  नै कम्युनिस्ट पार्टीको आन्दोलनले स्थापित गरेको सांस्कृतिक मूल्यमान्यताको धज्जी उडाएका छन् ।

देश र भेषअनुसार यसका आआफ्ना रीति हुन्छन् । कस्तो र बति खर्चमा विवाह गर्ने भन्ने कुरा व्यक्तिको सोच र आर्थिक हैसियतले निर्धारण गर्छ । भड्किलो खर्चिलो विवाह वा गर्ने अथवा नगर्ने नितान्त व्यक्तिगत छनोट र स्वतन्त्रताको कुरा हो । तर शेरधन राई राजनीतिक व्यक्ति हुन् । त्यसमा पनि सर्वहारा मुक्तिकोलागि सदेव लड्ने र वर्गीय असमानताको पर्खाल भत्काउँदै आमनेपालीको जीवनशैली एकै बनाउने भन्ने दाबी गर्दै आएको कम्युनिस्ट पार्टीका नेता हुन् उनी ।

मुलुकको रूपान्तरण गर्ने दावी गर्ने कम्युनिस्ट पार्टीका नेताको विबाह कति भड्किलो हुन सक्छ ? प्रगतिशिल विबाह गर्ने स्कुलिङ पाएका र त्यही निलर्दे दिँदै हिड्ने सर्वहाराको पार्टीको एकजना नेताले विवाहमा कतिसम्म खर्च गर्न पाउने भन्ने बहस चलिरहेको छ । यस विषय उनकै पार्टी नेकपाले समेत सामाजीक आचारसंहिता जारी गरेको थियो । सामाजिक र सांस्कृतिक हिसाबले विचलन नआओस् भनेरै नेकपाले आचारसंहिता बनाएको हो । यसैले विवाह प्रगतिशील (खर्च नै नगरीं) ंगर्न/गराउन निर्देशन दिइएको थियो । तर मुख्यमन्त्री राईको ‘बुर्जुवा शैली’को विवाह हेर्दा सत्तारुढ दल नेकपा सांस्कृतिक रुपमा पूर्ण रुपमा विपरीत दिशामा कोल्टे फेरिसकेको संकेत देखिएको छ । उनको विवाहले वामवृत्तमामात्र नभई सामाजीक संञ्जालमा समेत बहस तातेको छ।

 १३ लाखको सुनचाँदी र करोडको हिराको गरगहना

आम विवाहभन्दा अत्याधिक तडकभडक देखिएको राईको विवाहमा केन्द्रीयस्तरका नेताको जमघट, सयौंजना बरियात । आधुनिक सुविधासहितको विवाह मण्डप । अत्यधिक गरगहनाले सजिसजाउ बेहुली । अझ भोजमा तयार परिकारले यो कुनै वामपन्थी क्रान्तिकारी नेताको नभई सामन्ती बुर्जुवा वर्गका व्यक्तिको विवाहको झल्को दिन्थ्यो । 

राईको विवाहमा दुलहीका लागि लगिएको गरगहनाको मात्र हिसाबकिताब निकाल्ने हो भने यो विवाह कुनै पनि हिसाबले प्रगतिशील देखिदैन, बरु अरु बढी बुर्जुवा देखिन्छ ।

राईले विवाहमा दुलहीलाई अहिलेसम्म नेपालमा देखिएका विवाहभन्दा बढी गरगहना दिएका छन् । उनले दिएका गरगहनाको सामान्य हिसावकिताव गर्ने हो भने  झण्डै १२ लाख ९२ हजार बराबरको देखिन्छ ।

चाँदीको हातमा लागाउने बाला २ वटा, पाँच–पाँच तोलाको गरि १० तोला छ । दुलहीले घाँटीमा चाँदीको सूर्यमुखी लगाएकी छन् । जुन करिब पाँच तोलाजतिको छ । यस्तै औलामा चाँदीको औठी पत्थथरसहित आधातोला जतिको देखिन्छ । पथ्थरको मूल्यबाहेक त्यसको मुल्य २० हजार पर्न जान्छ । 

यस्तैमा खुट्टामा कल्ली १० –१० तोलाभन्दा कमका देखिँदैन । २० तोलाको मुख्य करिब २५ हजार रुपैया पर्न जान्छ । दुलहीले चाँदीको छड्के हारी करिब ५० सिक्काले जोडिएको छ । जुन प्रतिसिक्का एक तोलाको हुन्छ । यो एक तोलाको एक सिक्का हुने राई समुदायको संस्कार हो । यसकराण चाँदीको छड्के हारी ५० तोलाको ६३ हजार मूल्य पर्न जान्छ ।

यता सुनतर्फ झन् महंगो गहना दिइएको छ । सूनको शीरबन्दी करिव ५ तोलाको  ४ लाख ९३ हजार रुपैयाँ  । कानमा चेनसहित माडबारी २ तोलाको  र झम्के बुलाकी १ तोलाको २ लाख ९६ हजार पर्न जान्छ । यस्तै सानो तिलहरी झण्डै १ तोलाको देखिन्छ । अर्काे ठूलो छड्के तिलहरी ३ तोलाभन्दा कमको देखिदैन । त्यसको मूल्य ३ लाख ९५ हजार  पर्न जान्छ ।

अझमुख्यमन्त्री राईको खुकुरी राख्ने धाप चाँदीकै छ । जुन करिक १५ तोला भन्दा कमभन्दा अनुमान गर्न सकिन्छ । जसको अनुमानित खर्च २० हजार देखिन्छ ।

अझ हिराको हार, हिराको झुम्का र हिरा जडित घडीको पनि लगाएको देखिएको  छ। बिहेपछि अर्को सेसनमा प्रधानमन्त्रीसँग दुवै दम्पतीहरूले फोटो खिचाएका छन् । जहाँ झन्डै करोडौँ मूल्य बराबरको हिराका गरगहना लगाइएको देखिएको छ ।

यसरी मुख्यमन्त्री राईको विवाहको शैली हेर्दा नेपालमा कम्युनिस्ट पार्टीको आन्दोलनले स्थापित गरेको सांस्कृतिक मुल्यमान्यता के हो ? यो प्रश्न अहिले कम्युनिस्ट क्याडरदेखि उच्चतहका नेतातर्फ तेर्सिएको छ । राईको विवाहको चालढालल नेकपाले कस्तो आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको कुरा गरिरहेको छ ?’  

सामन्ती, संभ्रान्त वर्गको रुपमा नेकपा स्थापित ः समाजशास्त्री

मुख्यमन्त्री शेरचन राईको विवाहले सत्तारुढ दल नेकपा सांस्कृतिक रुपमा कति विचलित भैरहेको छ भन्ने अनुमानलाई पुष्ट्याइँ गरेको बताउँछिन् समाजशास्त्री मिना उप्रेती । उनको बुझाइमा नेकपा सर्वहारा र सर्वराहाको पार्टी नै रहेन । ‘जस्ले आफूले स्थापित गर्न खोजेको नीतिलाई आडम्बर मात्र बनाउँछ । सांस्कृतिक रुपान्तरणको विषयमा अपेक्षा पनि गर्नुहुन्न,’ उनी भन्छिन् ‘अरु नेताहरु समेत यस्तो भड्किलो विवाहमा सरि भैरहदा बुर्जुवातन्त्र हावी भैरहेको छ भन्ने प्रष्टाउँछ ।’

अहिले नेकपामा संभ्रान्त वर्गको बोलवाला रहेको भन्दै तर्क गर्दै समाजशास्त्री मिना उप्रेती अब उसले वर्गीय राजनीतिको कुरा त्याग्नुपर्ने बताउँछिन् । उनी भन्छन् ‘नेकपा पार्टी उनहिरुलेनै भनेजस्तै बुर्जुवा, सामन्ती, संभ्रान्त वर्गको रुपमा स्थापित देखिन्छ ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि