बैशाख १२, २०८१, बुधबार
               

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको मुद्दा पेस भएको छ ।

कानून व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्माले ओलीमाथि मुद्दा दर्ता गरेका हुन् । 

प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले रिट लिएर सर्वोच्च पुगेका हुन् . प्रधानमन्त्री ओलीले केही दिनअघि बाजे वकिल भनी वरिष्ठ अधिवक्तामाथि व्यंग्य गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि