बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलनाको मुद्दा पेस

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा कानुन व्यवसायीमाथि अवहेलनाको निवेदन पेस भएको छ । 

कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भनी उनीविरुद्ध सो मुद्दा दर्ता भएको हो ।

प्रधानमन्त्रीलाई कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्माले सो निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका हुन् । प्रधानमन्त्री ओलीले केही दिनअघि (अस्ति) बाजे वकिल भनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि व्यंग्य गरेका थिए ।

संसद् विघटनपश्चात् प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिमा प्रयोग भएको  भाषा तथा शैलीलाई लिएर आलोचना हुँदै आएको छ । 

यो पनि