बैशाख ०८, २०८१, शनिबार
               

मेलम्ची खानेपानीको काम चाँडै सक्न मन्त्रीको निर्देशन

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलखण्डक सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि ९ किलोमिटरभित्र सुरुङ र आउटलेट रहेको सिन्धुसम्म पुगेका थिए । त्यस क्रममा मन्त्री थापाले मेलम्ची आयोजनामा अहिलेसम्म भएको कामको विवरण र पानी काठमाडौं ल्याउन गर्नुपर्ने थप कामबारे जानकारी लिए ।

मेलम्चीको पानी खाने राजधानीवासीको धोको पूरा गर्नु आफ्नो लक्ष्य रहेको बताउँदै निरीक्षणका क्रममा उनले बाँकी काम चाँडै सक्न निर्देशन दिएका थिए ।
मन्त्री थापालाई ब्रिफिङ गर्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङको अधिकांश काम सम्पन्न भइसकेको बताए ।

निकासका लागि राखिएका सुरुङको ढोका मर्मतलगायत महत्त्वपूर्ण सबै काम सकिएको उनको भनाइ छ । ‘करिब सबै काम सकिएको छ, सुरुङ परीक्षण गर्दा यसअघिको जस्तो दुर्घटना हुन नदिन विदेशबाट ल्याएर विज्ञ समूहबाट सुरुङको निरीक्षण पनि गराएका छौँ,’ कार्यकारी निर्देशक खत्रीले भने, ‘सुरुङको दिगोपनाका लागि केही सुधारका काम सुरु गरेका छौँ । २४ सैँ घण्टा गरेर बढीमा चार हप्तामा त्यो काम सम्पन्न गर्छौँ ।’ खत्रीले बढीमा चार हप्तामा सुरुङमा पानी पठाएर परीक्षणको काम सुरु गर्न सकिने बताएका छन् ।

यस्तै, सुरुङको निरीक्षणलगत्तै मन्त्री थापाले मेलम्चीको पानी खसाल्ने प्रशोधन केन्द्र र संकलन केन्द्रको पनि निरीक्षण गरेका थिए ।

सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताका दुई प्रशोधन केन्द्र छन् । दुवै प्रशोधन केन्द्रको क्षमता प्रतिदिन ८.५ करोड लिटर छ ।


कस्तो लाग्यो ?

यो पनि