बैशाख ०७, २०८१, शुक्रबार
               

नेप्से ५०.२० अंकले बढेर २४२४.८४ को विन्दुमा

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । आज साताको पहिलो दिन शेयर कारोबारमा ५०.२० अंकले बढेर २४२४.८४ को विन्दुमा कायम भएको छ ।

आज २०७ सय कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफको ६६ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल पुनर्बीमाको ३४ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

गुराँस लाइफ, ग्रामीण विकास लघुवित्त, पोखरा फाइनान्स, मिथिला लघुवित्त विकास बैंकको १० प्रतिशतका दरले वृद्धि भएको छ भने गुराँस लघुवित्तका वित्तीय संस्थाको ९.९९ का दरले वृद्धि भएको हो । 

यस्तै,नारायणी डेभलपमेन्ट बैंकको ९.९१ प्रतिशतका दरले घटेको छ भने एनआईबिएल प्रगती फन्डको ४.९९ प्रतिशतका दरले घटेको हो । 


कस्तो लाग्यो ?

यो पनि