चैत १६, २०८०, शुक्रबार
               

दोस्रो घण्टामा ४६.०७ अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबारको दोस्रो घण्टामा आज (आइतवार) नेप्से परिसूचक ४६.०७ अंकले बढेर २४२०.७१ विन्दुमा पुगेको छ ।

परिसूचक १.९४ प्रतिशतले बढेको हो ।  

यस अवधिमा २०३ ओटा कम्पनीको ४ अर्ब ९४ करोड ५५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिमा मिथिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ,भने अरु गुराँस लघुवित्त, नागरिक लगानी कोष, एनसीसी बैंक, रिडी हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, गोर्खाज फाइनान्स र माउन्टेन इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 


कस्तो लाग्यो ?

यो पनि