बैशाख १३, २०८१, बिहीबार
               

एपीएफ प्रधानमन्त्री कपकाे सेमिफाइनल प्रवेश

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै विभागीय टिम एपीएफले सेमिफाइनल प्रवेश गरेकाे छ । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको हो ।

जितसंगै एपीएफ समूह 'ए' बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णालीको हारले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लब समेत सेमिफाइनलमा पुगेको छ । एपीएफले दिएको २१९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली ४३ ओभर २ बलमा अलआउट हुँदै १४७ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ५ बलमा अलआउट हुँदै २१८ रन बनाएको थियो । जितसंगै समूह 'ए' को एपीएफले ३ खेलमा ६ अंक जोडेको छ । एपीएफ तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । अब एपीएफ र आर्मीबीचको खेलले समूह विजेता र उपविजेता तय हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि