बैशाख ०८, २०८१, शनिबार
               

होम प्रोडक्सनबाट बलिउड फिल्म निर्माता महेश भट्टले राजीनामा दिए

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

एजेन्सी । बलिउड फिल्म निर्माता महेश भट्ट होम प्रोडक्सन विशेष फिल्मबाट अलग्गिएका छन् ।

उनका भाई मुकेश भट्टले दाइ महेशले विशेष फिल्मको क्रिएटिभ कन्सल्टेन्ट पदबाट राजीनामा दिएको जानकारी दिएका छन् ।उनले दाजुभाईबीच कुनै पनि किसिमको झगडा नरहेको बताएका छन् । अब यो ब्यानर मुकेशका छोरी साक्षी र छोरा विशेषले चलाउेछन् ।

मुकेशले भने– ‘महेश विशेष फिल्मस्बाट बाहिरिएका छैनन् । यो स्पष्ट रुपमा बुझ्नुहोस् । कम्पनी विशेष फिल्मस् मेरो हो । निर्देशन छोडेपछि पनि मेरो दाइ यसमा कैयौं प्रोजेक्टका लागि क्रिएटिभ कन्सल्टेन्टका रुपमा काम गरिरहेको थियो । यदि मलाई कुनै फिल्ममा उसको आवश्यकता पर्यो भने ऊ आफ्नो क्रिएटिभ देखाउन उपस्थित हुनेछ । हाम्रो झगडा भएको छैन । तर उनी अब क्रिएटिभ कन्सल्टेन्टको पदमा बस्न चाहदैनन् ’।

मुकेशले छोरी साक्षी र छोरा विशेषले कम्पनीको विरासत थाप्ने खुलाए । ‘उनीहरुसँग धेरै राम्रा अवधारणा छन् । उनीहरुको अनुभवलाई गाइड गर्नका लागि म जहिल्यै सँगै हुन्छु । अबको समय फिल्म निर्माणमा मेरा सन्तानलाई अगाडि बढाउने हो । जसलाई लिएर म धेरै आशावादी छु’, उनले भनेका छन् ।

विशेष फिल्मस्को व्यानरबाट बनेको पछिल्लो रिलिज फिल्म ‘सडक २’ थियो । जसको निर्देशक महेश भट्ट थिए । महेशले करिब २४ वर्ष पछि कम्पनीसँग सहकार्य गरेका थिए । उनले विशेष फिल्मस्को व्यानरबाट १९९६ मा ‘दस्तक’सहित कैयौं फिल्म निर्देशन गरेका थिए ।

यो कम्पनीले ‘डेडी’, ‘आशिकी’, ‘सडक’, ‘दुश्मन’, ‘राज’, ‘मर्डर’, ‘जहर’, ‘ग्याङस्टार’ र ‘जन्नत’ जस्ता फिल्म निर्माण गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि