बैशाख ०७, २०८१, शुक्रबार
               

बनेपामा नेपाली सेनाद्वारा बम डिस्पोज

नेपाल फ्ल्यास
माघ १०, २०७७

फाइल फोटो
ADVERTISEMENT

बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज गरिएको छ ।

बनेपाको बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम डिस्पोज गरिएको प्रहरीले जनाएको छ ।

उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले फेला पारी डिस्पोज गरेको हो । प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्णरुपमा ठप्प पारेर बम खोज्ने कार्य सुरु गरेको थियो ।

बिहान ३ बजेदेखि ठप्प रहेको राजमार्ग बम डिस्पोज भएपछि पुनः सञ्चालनमा आएको प्रहरीले जानकारी दिए ।

अन्य स्थानमा पनि बम राखिएको हुनसक्ने तर बाक्लो हुस्सु लागेको कारण खोज्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ ।

विप्लव समूहले आाफ्ना केन्द्रीय समिति सचिवालयका कञ्चनलाई पक्राउ गरेको विरोधमा आज नेपाल बन्दको घोषणा आह्वान गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि