चैत १६, २०८०, शुक्रबार
               

टोखा नगरपालिकाका सधैँ कलाकारहरुको साथमा हुन्छ : मेयर अधिकारी

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले कलाकारहरुको साथ र सहयोगका लागि नगरपालिकाका सधैँ लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभाको कार्यक्रममा मेयर अधिकारीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उक्त कार्यक्रम टोखा नगरपालिका–७ तिलिङटारस्थीत प्रतिष्ठानकै केन्द्रीय कार्यालयको प्रांगणमा अध्यक्ष रमेश बिजीको सभापतित्वमा सम्पन्न भएको थियो । त्यस्तै, मेयर अधिकारीले कलाकारहरुको चर्चा गर्दै लोकदोहोरी प्रतिष्ठानले टोखा नगरपालिकामा एक छुट्टै आकर्षण ल्याएर नगरपालिकाकै पहिचान राखेको धारणा राखे ।

उनले टोखा नगरपालिकाभित्र नै अन्तराष्ट्रिय स्तरको ग्राण्डी अस्पताल हुनु र लोकदोहोरी प्रतिष्ठानको भवन बनेपछि कलाकारहरुको आगमन हुनुले नगरपालिकामा आकर्षण थपिएर पर्यटन र विकासमा ७५ प्रतिशतले फड्को मारेको जिकिर गरे ।

मेयर अधिकारीले प्रतिष्ठानको भवन त्यस ठाउँमा बनाउँनको लागि जग्गा खरिद र भवन निर्माणमा पनि नगरपालिकाले आर्थिक सहयोग गर्दै आइरहेको बताए । साथै, उनले आगामी दिनमा आफ्नो कार्यकालसम्म जुनसुकै अवस्थामा पनि प्रतिष्ठानलाई सहयोग गर्न नगरपालिका तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।

‘प्रतिष्ठानलाई टोखा नगरपालिकाले गर्वको महसुस गरेर आकर्षको रुपमा लिएको छ, के कस्ता सहयोग गर्न पर्छ नगरपालिका कलाकारहरुको साथमा छ’, उनले भने । उनले वडा नम्बर ७ को भित्री पक्की सडकबाट प्रतिष्ठानको केन्द्रीय कार्यालयसम्म जाने कच्ची सडक पनि नगरपालीकाले नै जिम्मा लिएर पिज गरिदीने बताए ।

मेयर अधिकारीले सुरुमा भवनको लागि जग्गा खरिद र भवन निर्माणमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीको पहल भएको बताए । साथै, उनले तत्कालीन स्वर्गीय रविन्द्र अधिकारी सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा उनको कार्यकालमा सरकारको तर्फबाट आर्थिक रकम प्रतिष्ठानलाई उपलब्ध भएको कार्यक्रममा स्मरण गरे ।

उनिसँगै प्रतिष्ठानको साधारणसभामा टोखा नगरपालिका–७ का वडाध्यक्ष नरोत्तम राना विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको शुभकामना मन्तव्यमा वडाध्यक्ष रानाले आफ्नो वडामा राष्ट्रिय कलाकारहरुको भवन हुनुमा गर्वको महसुस भएको बताए ।

उनले लोकदोहोरी प्रतिष्ठान भवनको माथिल्लो तल्ला निर्माणका क्रममा १० लाख रुपैयाँ सहयोग गरिसकेको भन्दै आगामी दिनमा पनि सोही भवनको आडमा भएको खाली जग्गा प्रतिष्ठानले खरिद गर्न लागेकाले ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा लोकदोहोरी प्रतिष्ठानका सल्लाहकार नारायाण रायमाझी, राजन लम्साल, संरक्षक पृथ्वी थकाली, संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्म, निवर्तमान अध्यक्ष बद्री पंगेनी र विभिन्न केन्द्रीय तथा आजिवन सदस्य कलाकारहरुको सहभागीता रहेको थियो ।

उक्त कार्यत्रममा प्रतिष्ठान तथा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको छ । स्वर्गीय कलाकार लोकबहादुर क्षेत्रीको सम्झनामा नगद राशीसहित स्मृति पुरस्कार कलाकार राम प्रसाद घिमिरे र सारंगी वाद्यवादक कृष्ण बहादुर गन्धर्वलाई पुरस्कारसहित सम्मान गरिएको थियो भने पत्रकारीता पुरस्कार सिताराम बडाल, संरक्षक तथा अविभावक सम्मान पृथ्वी थकालीलाई गरिएको छ ।

साथै, नयाँ मानार्थ सदस्यलाई पनि सम्मानसहित प्रमाणपत्र वितरण गरिएको थियो भने आजिवन सदस्यहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, प्रतिष्ठानले संस्थाको मातहातमा रहेर उत्कृष्ट काम गर्ने विभिन्न सदस्यहरुलाई पनि उत्कृष्ट सम्मान गरेको छ ।

उत्कृष्ट सम्मान पाउनेहरुमा केन्द्रबाट महिलामा गायिका देवी घर्ती मगर र पुरुषमा मोडल पिएन सापकोटा रहेका छन् । साथै, महिला नेतृत्वमा रहेर उत्कृष्ट काम गर्ने धादीङकी कमला गैरे थापाले सम्मान पाएकी छन् । त्यस्तै, जिल्लाबाट उत्कृष्ट सम्मान रुपन्देहीले पाएको छ भने त्यहाँका अध्यक्ष दिपक कार्की रहेका छन् ।

यसैगरी प्रदेशमा गण्डकी प्रदेशले उत्कृष्ट सम्मान पाएको छ । त्यहाँ सुरेन्द्र गुरुङ अध्यक्ष रहेका छन् । यता काठमाडौं उपत्यका समन्वव समितिका अध्यक्ष सुजन लम्सालले उत्कृष्ट सम्मान पाएका छन् भने त्यसअन्तरगतका ९ वटा समिति मध्ये सुनधारा समितिले पनि उत्कृष्ट सम्मान प्राप्त गरेको छ । त्यहाँ शैलेस राना अध्यक्ष रहेका छन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष गुरुङले सुरुमा थोरै संख्याका कलाकारहरुबाट संस्था स्थापना भएको स्मरण गर्दै अहिले यो स्थानसम्म प्रतिष्ठान आइपुग्दा सफलता प्राप्त महसुस भएको बताए । प्रतिष्ठानका केन्द्रीय महासचिव सुवास केसीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष रिता थापामगरले गरेकी थिइन् । 

यो पनि