चैत १५, २०८०, बिहीबार
               

पीएम कप : आज पनि २ खेल हुँदै

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा शनिबार दुई खेलहरु हुँदैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विभागीय टिम एपीएफ र  कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । कर्णालीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ ।कर्णाली भने दोस्रो जितको खोजीमा हुनेछ ।

यस्तै मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । लुम्बिनी दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । सुदूरपश्चिम भने पहिलो जितको खोजीमा हुनेछ । समूह 'बी' को लुम्बिनी २ अंक जोडेर तेस्रो र अंक विहीन सुदूरपश्चिम पुछारमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि