बैशाख ०७, २०८१, शुक्रबार
               

छायांकनमा ‘चुरीफुरी’

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । चलचित्र ‘चुरीफुरी’ को छायांकन सुरु भएको छ । काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको चलचित्रलाई ऋषिराज आचार्यले निर्देशन गरिरहेका छन् ।

निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन रहेको चलचित्रमा रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

आरवी मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको चलचित्रको सह निर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । राहुल राईको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको चलचित्रका गीतमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।


कस्तो लाग्यो ?

यो पनि