बैशाख १४, २०८१, शुक्रबार
               

मधेशवादी दलमा ठूलो पहिरो जाँदै छ: महेश बस्नेत

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

सप्तरी। नेकपा ओली समूहका नेता महेश बस्नेतले मधेशवादी दलमा ठूलो पहिरो जाने बताएका छन् । जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको नेकपामा प्रवेशको लहर बताउँदै उनले सो कुरा बताएका हुन् ।

सप्तरी सदरमुकाम राजविराजमा बिहीबार आयोजित युवा संघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘केही दिनभित्रै एउटा नयाँ समाचार सुन्नुहुनेछ । मधेशवादी दलमा निक्कै ठूलो पहिरो जानेछ । भुइँचालो जानेछ । र, नेकपामा प्रवेशको लहर आउनेछ ।’

पुस ५ मा संसद विघटनसँगै नेकपामा दुई धार देखिएको छ । सोपश्चात् नेपाली राजनीतिले फरक धार लिएको छ । 


कस्तो लाग्यो ?

यो पनि