बैशाख १२, २०८१, बुधबार
               

उखु किसानले गरे पुन: आन्दोलनको घोषणा

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । उखु किसान संघर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ । सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरिएको, तर भुक्तानी नपाएको भन्दै उनीहरु पुन: आन्दोलित भएका हुन् । 

आन्दोलन अनुसार माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने तय गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड मात्रै भुक्तानी गराएको छ । बाँकी ८ करोड मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि