बैशाख ०८, २०८१, शनिबार
               

कोभिड–१९विरुद्धको खोप उत्पादक कम्पनीको भवनमा आगलागी

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको कम्पनीको निर्माणाधीन भवनमा बिहीबार आगलागी भएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आगलागीका कारण कम्पनीको खोप उत्पादनमा कुनै असर नपरेको उल्लेख गरेको छ । भवन निर्माणधीन रहेकाले  कम्पनीको खोप उत्पादन केन्द्र सुरक्षित रहेको बताइएको छ । अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन ।

सेरम इन्स्टिच्युटले अहिलेसम्म पाँच करोड डोज कोरोना खोप उत्पादन गरिसकेको छ । भारतले उत्पादन गरेका १० लाख डोज नेपाल ल्याइएको छ । 


कस्तो लाग्यो ?

यो पनि