बैशाख ०७, २०८१, शुक्रबार
               

स्थायित्वका लागि राजसंस्था अपरिहार्य : अध्यक्ष लोहनी

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

सिरहा । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्रले मुलुकको राजनीतिक अन्योललाई सर्वोच्च अदालतले संवैधानिक र कानुनी आधारले टुंगो लगाउने विश्वास व्यक्त गर्नु भएको छ । 

प्रधानमन्त्रीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको कारण मुलुकमा राजनीतिक अन्योल आएकोले अदालतले यो अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

उनले सर्वोच्च अदालतले गर्ने उचित निर्णय मार्फत मुलुकलाई राजनीतिक रूपमा स्थायित्व दिने ऐतिहासिक अवसर आएको बताए । मुलुकलाई अँध्यारो दिसातर्फ धकेल्न संविधानमा कतै नभएको प्रावधान प्रयोग गरी प्रधानमन्त्री ओली स्वयंले राजनीतिक संकट निम्ताएको समेत बताए ।

उनले दलहरूको अहिले एकअर्का प्रतिको नकारात्मक टिप्पणीलाई नेपाली जनताले अब नसहने पनि बताए । कुशासन, भ्रष्टाचार र राज्यको सम्पत्तिमाथिको लुटले मुलुक अस्तव्यस्त भएको बताउँदै जनजीविकाको सबै प्रश्नहरूप्रति सरकार गौण भएको आरोप पनि लगाए ।

पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न सिरहा पुगेका अध्यक्ष लोहनीले प्रधानमन्त्री ओलीको अधिनायकवादी चिन्तनलाई तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

उनले मधेसी जनताको हक, अधिकार विभेदको अन्त्यको साथै राज्य व्यवस्थामा समावेशी र समानुपातिक प्रतिनिधित्वको लागि राप्रपा प्रतिवद्ध रहेको समेत बताए । मुलुकलाई स्थायित्व दिन संविधानभित्रको राजसंस्था आजको आवश्यकता रहेको लोहनीको निचोड थियो । 

कार्यक्रममा राप्रपा नेता श्याम तिमिल्सिनाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको निर्णायक आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरूलाई आग्रह गरे ।

जिल्ला भेलामा राप्रपा नेताहरू रामचन्द्र राय, कृष्णप्रताप मल्ल, महेशलाल महासेठ, रामप्रताप साह, जनकराज पाठकलगायतले सम्बोधन गरेका थिए ।भेलाअघस राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै जुलुस निकालिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि