चैत १६, २०८०, शुक्रबार
               

'ओलीकाे असंवैधानिक कदमले राजनीतिक संकट निम्त्यायो'

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सर्वोच्च अदालतले उचित निर्णयमार्फत् कानुनी र विधिमा रही वर्तमान राजनीतिक अन्योलताकाे अन्त्य गर्नुपर्ने बताएका छन् । राजनीतिक रुपमा  स्थायित्व दिने ऐतिहासिक अवसर पनि सर्वोच्चसँग रहेकाे बताए । 

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर राजनीतिक संकट निम्त्याइ मुलुकलाई अध्याँरो दिशातर्फ धकेल्ने काेशिस गरेकाे उनले बताए । 

पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न सिराहा पुगेका अध्यक्ष लोहनीले ओलीकाे अधिनायकवादी कदमलाई तत्काल नियन्त्रण नगरे देश ठूलो दुर्घटनामा फस्ने बताए । साथै, मधेशी जनताको हक, अधिकार विभेदको अन्त्यका साथै राज्य व्यवस्थामा समावेशी र समानुपातिक प्रतिनिधित्वका लागि  राप्रपा प्रतिबद्ध रहेको बताए । 

सिराहा जिल्ला अध्यक्ष शम्भु यादवको सभापतित्वमा सम्पन्न भेलालाई राप्रपा महेशलाल माहासेठ, रामप्रताप साहा, रामचन्द्र राय, श्याम तिमिल्सिना, कृष्ण प्रताप मल्ल, जनकराज पाठक, राजु लोहनी, सत्रुधन माहासेठलगायत केन्द्रीय नेताले सम्बाेधन गरेका थिए ।

यो पनि