बैशाख १२, २०८१, बुधबार
               

ओली घाँडै भए: अध्यक्ष नेपाल

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड–माधव पक्षीय नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी हटाउने बताएका छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत विरोधसभालाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकीकरणपछि पनि घाँडै भए,’ विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने,  ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’

तीन दिनअगाडि बालुवाटारमा चिटी पठाएर स्पष्टीकरण मागेको बताउँदै उनले  ओलीमा सोको जवाफ दिने आँट नगरेको बताए । ‘आजै चिठी लेखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्यसमेत नरहने गरी केपी ओलीलाई निस्कासन गर्दैछौंँ,’उनले भने । 

यो पनि