चैत १६, २०८०, शुक्रबार
               

नेपाल इन्भेष्टमेन्ट बैंकले माघ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा विक्री खुला गर्ने

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी रहेको १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री गर्न लागेको हो ।८.५ प्रतिशत व्याजदरको उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

विक्री बन्द माघ २० गते हुने छ भने माग भन्दा कम आवेदन परेमा माघ ३० गतेसम्म रहेको छ ।यस बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवा वा बैंक तथा वित्तीय संस्था आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यो पनि