बैशाख ०७, २०८१, शुक्रबार
               

निर्वाचन हुन्छ, ओली नेतृत्वको पार्टी बहुमतसहित पहिलो दल बन्छ : विष्णु पौडेल

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका महासचिव विष्णु पौडेलले आफूहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, ‘केपी ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ । हामी सधैं प्रेस स्वतन्त्रताको छौं र हुनेछौं । श्रमजीवी पत्रकारको समस्य समधानका लागि हामी तयार छौं ।’

यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको आरोपपत्र पार्टी विभाजनको आधार बनेको पौडेलको भनाइ छ । प्रचण्डले ओलीमाथि लगाएको आरोपपत्रमा उल्लेख गरिएको एउटा विषय पनि पुष्टि गर्न नसकेको पौडेलले बताए ।

‘उहाँले आरोप लगाउनु भयो । तर उहाँले स्थायी समिति र केन्द्रीय समिति बैठकमा छलफल गर्न तयार हुनु भएन । पार्टीको संसदीय दलमा पनि उहाँले अविश्वासको प्रस्ताव लाउन सक्नुभयो । उहाँहरु छक्का पञ्जामा लाग्नु भयो’ पौडेलले भने ।  

संसद विघटनबारे सर्वोच्च अदालतले लिने निर्णय मान्य हुने उनको भनाई छ । तर उनले संसद पुनःस्थापनाको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।

अर्थमन्त्री समेत रहेका पौडेलले प्रतिनिधिसभाका बहुमत सदस्यको साथमा संसद विघटन गरिएको दाबी गरे ।

‘संसद अनुशासित हुन सकेन भनेर ताजा जनादेशका लागि जान संसद विघटन गरिएको छ । तोकिएको समयमा निर्वाचनमा हुन्छ । निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन सम्मान गर्न सक्षम छ’ पौडेलले भने ।

राजनीतिक दलले निर्वाचनमा जानका लागि अदालतको निर्णयको प्रतिक्षा गरिरहेको अवस्था छ । निर्वाचन हुन सक्दैन भनेर भ्रम सिर्जना गर्न खोजिएको छ । राजनीतिक दल निर्वाचनमा जान तार छन् निर्वाचन आयोग निर्वाचन गर्न तयार छ भने कसले रोक्छ निर्वाचन ?’ पौडेलले प्रश्न गरे । उनले निर्वाचन हुँदैन भन्नेहरुलाई उपबुज्रुकको संज्ञा समेत दिए । 

ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमतसहित देशको सबैभन्दा ठूलो दल भन्ने उनको दाबी छ ।

फरक प्रसंगमा सबै नेपालीलाई नि:शुल्क कोरोना खोप उपलब्ध गराउने पौडेलले बताए ।


कस्तो लाग्यो ?

यो पनि