बैशाख ०७, २०८१, शुक्रबार
               

एनआईसी एशियाद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ । 

यस बैंकले मंसिर २१ गते,२३ औं वार्षिक साधारण सभा सम्पन्न गरी १९ प्रतिशत बोनस शेयर बुक क्लोज गर्दा यसले मंसिर ९ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको बैंकले जनाएको छ । 

यस बैंकको लाभांश प्राप्त गर्नका लागि शेयर धितो राखेका शेयरधनीहरुले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने बैंकले जनाएको छ । 

बैंकको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि