चैत १६, २०८०, शुक्रबार
               

मुक्तिनाथ विकास बैंकले दोस्रो त्रैमासमा कमायाे ३०.२८ प्रतिशत नाफा

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

यस बैंकको गत आर्थिक वर्षको तुलनामा नाफा ३०.२८ प्रतिशतले बढी हो ।

पुस मसान्तसम्ममा ४ अर्ब ८१ करोडा रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९३ लाख ३० हजार रुपैयाँ संचिती रहेको छ, भने बैंकको वितरण योग्य मुनाफा ५२ करोड ५५ लाख रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी ५.८० प्रतिशत बढेर १ अर्ब १६ करोड २४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा २८.१९ प्रतिशत बढेर ८६ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

यस अवधिसम्ममा बैंकको निक्षेप ३०.६४ प्रतिशतले बढेर ७४ अर्ब ८७ करोड २२ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी २२.२७ प्रतिशतले बढेर ५८ अर्ब २७ करोड ४० लाख रुपैयाँ पुगेको छ।

बैंकको प्रति शेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा रहेको छ । यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.७३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४६ पैसा रहेको छ।


कस्तो लाग्यो ?

यो पनि