बैशाख १३, २०८१, बिहीबार
               

भारतले दिएको कोरोना खोप काठमाडौं आइपुग्यो

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतले अनुदान स्वरुप दिएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।

 एयर इन्डियाको विमानमार्फत बिहान साढे ११ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

उक्त खोप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्त्रण गर्ने छन् ।

खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित केन्द्रीय स्टोरमा लगिने छ ।

मन्त्रालयले खोप आएको एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरेको बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ७७ जिल्लाका अस्पतालहरुबाट एकैसाथ खोप लगाउने अभियान सुरु हुनेछ ।

डा. अधिकारीले भने, ‘उक्त खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइन्छ ।’


कस्तो लाग्यो ?

यो पनि