बैशाख १३, २०८१, बिहीबार
               

विप्लव समूहका मोरङ इञ्चार्ज पक्राउ

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

मोरङ ।  ‘विप्लव’ समूहका मोरङ जिल्ला इञ्चार्ज डीबी सिलवाल भन्ने धनबहादुर विकलाई  प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

मोरङका उद्योगी व्यवसायीहरुलाई धम्की दिई चन्दा असुली गरेको सूचना पाएर गएको मोरङ प्रहरीको टोलीले विकलाई मोरङको बूढीगङ्गा–४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विक सङ्खुवासभा मादी नपा–४ ओखरबोटेका उनी  मंसिर २३ मा मोरङ मिक्लाजुङ्ग गाउँपालिका–१ बर्खे बस्ने शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनको साथबाट एक थान सेमी अटोमेटिक पेस्तोल र तीन थान गोलीसमेत बरामद गरिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि