बैशाख ११, २०८१, मंगलबार
               

नर्सरीदेखि कक्षा १२ सम्म निःशुल्क शिक्षा घोषणासँगै वडामा खुसीयाली

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

साँगाचोकगढी नगरपालिका वडा नं. ४ देउरालीस्थित कालिकादेवी मावी कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको छ । स्कुलको व्यवस्थापन समितिका अध्यक्ष रघुसिंह तामाङले यही शैक्षिक वर्षदेखि निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेका हुन् ।

 आँट गरे सरकारको घोषणालाई सफल पार्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् । उनले अंग्रेजी माध्यमको नर्सरीदेखि कक्षा १२ सम्म कुनै पनि नाममा शुल्क नलिने घोषणा गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिको यस्तो महत्वपूर्ण घोषणापछि वडावासी हर्षित भएका छन् । विपन्न, असहाय र टुहुरा बालबालिकालाई निःशुल्क शिक्षाको अलवा शैक्षिक सामग्रीको सहायता प्रदान गरिने योजना पनि घोषणा भएको छ । सम्पूर्णरुपले निःशुल्क शिक्षा प्रदान घोषणा गर्ने जिल्लाको यो पहिलो विद्यालय हो ।

सरकारले माध्यमिक तहको शिक्षा कक्षा १२ सम्मलाई निःशुल्क भनेपनि यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । सिन्धुपाल्चोकमा रहेका सबै माध्यामिक विद्यालयले सहयोगबापत भन्दै शुल्क लिने गरेका छन् ।

यस विद्यालयमा  जिल्लामै पहिलोपटक कानुन संकायमा अध्यापनसमेत सुरु गरिएको छ । सदरमुकाम चौताराबाट नजिकै रहेको यस विद्यालयमा कानुन विषयमा अध्यापन सुरु गरिएपछि जिल्लाका अन्य ठाउँबाट पनि विद्यार्थी आउन थालेका छन् । 


कस्तो लाग्यो ?

यो पनि