बैशाख ०८, २०८१, शनिबार
               

छिमेक लघुवित्तद्वारा नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने छ । 

यस कम्पनीले पुस २९ गते सम्पन्न गरेको वार्षिक साधारणसभाले पारित गरेको ७ प्रतिशत नगद लाभांश शेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरिदिने जनाएको छ ।

शेयरधनीहरुले हितग्राही खातामा आफ्नो बैंक खाता अपडेट नगराएकालाई हितग्राही खाता खोलेको सम्बन्धित कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गराउन अनुरोध गरेको छ । 

यस बैकले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट स्वीकृती प्राप्त भएपश्चात बैक खातामा नगद लाभांश जम्मा गरिने  जनाएको छ ।

यो पनि