बैशाख १२, २०८१, बुधबार
               

चीनले बनायो ४ हजार क्षमताको विशाल ‘क्वारेन्टाइन क्याम्प’

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

चीनले चार हजार जना अट्ने विशाल क्वारेन्टाइन क्याम्प बनाउने आफ्नो योजनालाई तीब्रता दिइरहेको छ । यो महिना कोभिड–१९ को संक्रमण पुनः सुरु भएपछि चीनका करोडौं जनता कडा लकडाउनमा छन् । उक्त क्वारेन्टाइनक्याम्प हुबेईको प्रान्तीय राजधानी सिजियाझुआङमा अवस्थित छ । यसले देशको राजधानी बेइजिङलाई घेरेको छ । 

चीनले भाइरसको संक्रमणलाई व्यापक रुपमा नियन्त्रण गर्न सफल भएको छ । यद्यपि, लुनार नयाँ वर्ष नजिकिँदै गरेको अवस्थामा अचानक संक्रमितको संख्या बढ्नुले अधिकारीलाई सचेत बनाइदिएको छ । 

कोरोनाको आकस्मिक फैलावटको केन्द्र बनेको सिजियाझुआङका अधिकारीले त्यहाँ व्यापक मात्रामा परीक्षण र कडा लकडाउन लागू गरेका छन् । यहाँका पूरा गाउँलाई नै केन्द्रीकृत क्वारेन्टाइन स्थलमा परिणत गरेको छ । यसो गरेर त्यहाँका अधिकारी भाइरसको फैलावट रोक्न चाहन्छन् । 

सुरुमा ३ हजार व्यक्ति अट्ने क्याम्प बनाउने योजना बनाइएको थियो तर हाल यसको क्षमता वृद्धि गरेर ४ हजार १ सय ६० जना अट्ने बनाइएको छ । पहिलो चरण पार गर्नका लागि ४ हजार कर्मचारीले ६ दिनसम्म दिन र रात काम गरेको सिजियाझुआङका उप मेयर मेङ जियाङ्गहोङले मंगलबार जानकारी दिए । 

प्रत्येक कोठाको नाप १८ स्क्वायर मिटर छ । यसमा नीजि बाथरुम, नुहाउने स्थल, डेस्क, मेच, बेड, वाइफाइ र टेलिभिजन सेट पनि हुने सिसिटीभीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि