बैशाख ०७, २०८१, शुक्रबार
               

जग्गाधनी बेल्जियममा, यता मालपोतका कर्मचारीले मिलेमतोमा बेचिदिए थानकोटको २० आना जग्गा

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । कलंकीका मालपोतका कर्मचारीले नै नक्कली जग्गाधनी बनाएर कागजपत्र कीर्ते गरी ठगी गरेको खुलेको छ । ठगी अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ पनि गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं टोखा नगरपालिका बस्ने दीपक दाहाल र नुवाकोट ककनी गाउँपालिका ८ घर भएका नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठ मालपोत कार्यालय कलंकीका नायव सुव्बा र दाहाल (तत्कालीन) शाखा अधिकृत हुन् ।

उनीहरुले मीना खड्काको नामको  थानकोटमा रहेको  २० आना जग्गाको नक्कली जग्गाधनी र कागजपत्र बनाएर ७२ लाख रुपैयाँ ठगी गरेको परिसरका डिएसपी प्रवेश विष्टले जानकारी दिए। वास्तविक जग्गाधनी भने बेल्जियममा छिन् । 

मालपोत अधिकृत र नासु मिलेर नक्कली धनी खडा गरेर २०७६ पुस २३ गते लिखत पारित गरेको फेला परेको हो । प्रहरीका अनुसार अधिकृत तथा नासुले  कलंकीको एक होटेलमा बसेर कीर्ते कागजात तयार पारी उक्त कार्य गरेका हुन् । 

केही समयमा वास्तविक जग्गाधनीले थाहा पाएपछि मालपोत कार्यालय कलंकीमा रहेको मोठ (जग्गाधनी दर्ता श्रेष्ता) सच्याई (केरमेट गरी) नामसारी बदर गरी मीना खड्काकै नाममा जग्गा कायम भएको अनुसन्धानमा देखिएको छ । अधिकृत दाहालले पीडितलाई बोलाई राजीनामा लिखत र जग्गाधनी पूर्जा फिर्ता लिई आफैंले राखेको खुलेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि