बैशाख १२, २०८१, बुधबार
               

जोकोविचलगायत खेलाडी चढेको विमानमा कोरोना संक्रमित भेटिएपछि ७२ खेलाडी क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

मेलबर्नमा आगामी फेब्रुअरी ८ देखि सञ्चालन हुने अस्ट्रेलियन ओपनमा भाग लिन आएका खेलाडी चढेको विमानमा कोरोनाभाइरस संक्रमित व्यक्ति रहेको पुष्टि भएपछि ७२ खेलाडीलाई दुई साताका लागि क्वारेन्टाइनमा पठाइएको छ।

यसैबिच, अस्ट्रेलियन ओपन विजेता तथा हाल विश्व वरियता क्रममा १ नम्बरमा रहेका सर्वियन खेलाडी नोभाक जोकोविचले खेलाडीको क्वारिन्टिनको समय घटाउन, प्रशिक्षकलाई भेट्न पाउन, प्रशिक्षणका लागि टेनिस कोर्टको व्यवस्थालगायतको माग गरेका छन्।

महिला वरियताका शीर्ष खेलाडी भिक्टोरिया अजरेन्का, एन्जिलिक्यु केर्वर, सालोनी स्टेफेन्सलगायतका खेलाडी क्वारेन्टाइनमा छन्।

विभिन्न मुलुकबाट अस्ट्रेलियन अ‍ोपन खेल्न आएका अन्य खेलाडीको हकमा‍ कोरोना टेष्टमा नकारात्मक नतिजा आएपछि  सोमबारदेखि अभ्यास गर्न दिइने भएको छ। तर कोरोना भाइरस संक्रमण पृष्टी भएको विमानमा सवार ७२ खेलाडीको हकमा १४ दिन होटल क्वारेन्टाइन अनिवार्य रहने छ।

यदि क्वारेन्टाइनको  नियम तोडेमा २० हजार डलरसम्मको जरिवाना हुने स्थानीय मेलवर्न प्रहरीले जनाएको छ। प्रशारणका लागि क्यालिफोर्नियाबाट आइपुगेका एक जना प्राविधिकसहित कुल ५ जनामा कोरोना पोजेटिभ देखिएकाले  अस्ट्रेलिया ओपन कोरानाको प्रभाववाट मुक्त हुन सकेको छैन ।

राज्यका प्रिमियर डानियल एन्ड्रयुजले भने सबैलाई एकै किसिमको नियम लागू हुने भन्दै खेलाडीले उठाएका माग पूरा नहुने स्पष्ट पारे ।

यसैबिच भिक्टोरियाका लिबरलका सांसद टिम स्मीथले अस्ट्रेलियन ओपनका क्रममा पाँंच जना कोराना संक्रमित भेटिएपछि तुरुन्त राज्यले प्रतियोगिताका बारेमा गम्भीर निर्णय लिनुपर्ने बताएका छन् । 

‘राज्यको यो दोहोरो मापदण्डले भिक्टोरियाबासी आतंकित हुन पुगेका छन्। एकातिर कोरोना नियन्त्रणको चर्को प्रयास र अर्को तिर अस्ट्रेलिया भित्रै आगमन निषेध’, उनले भने, ‘आगमनमा प्रतिवन्ध लगाउँदा कयैन भिक्टोरियाबासीहरुले दुःख पाइरहेका छन् भने अर्कोतिर खुलेआम अन्तराष्ट्र्रिय बोर्डर भने खुला देखिएको छ। यो राज्यको दोधारे नीतिका रूपमा देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि