बैशाख ११, २०८१, मंगलबार
               

सेलिब्रेटी र फ्यानलाई जोड्ने 'सेलेब्स ग्रिट्स' सार्वजनिक

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली सेलिब्रेटी र उनीहरूको फ्यानलाई नजिक बनाउने वेभसाइट तथा एप्लिकेसन सार्वजनिक भएको छ । 'सेलेब्स ग्रिट्स' नाम दिइएको प्लाटफर्मबारे कार्यक्रम आयोजना गरी जानकारी दिइएको छ ।

'सेलेब्स ग्रिट्स'को ब्राण्ड एम्बासडरका रुपमा अभिनेता अनुपविक्रम शाही अनुबन्ध भए ।

हाल एप्लिकेसनमा ३० जनाभन्दा बढी सेलिब्रेटीहरू जोडिएका छन् । यस संख्यालाई बढाउँदै लैजाने सिइओ समुल खड्काले बताए । समुलसँगै प्रशान्त खड्का र तपेन्द्रबहादुर खड्काले प्ल्याटफर्म संचालनमा ल्याएका हुन् ।

एपमार्फत् दर्शकले आवद्ध सेलिब्रेटीहरूसँग जोडिन पाउनेछन् । एप तथा साइटबाट रोजेको सेलिब्रेटीलाई अनुरोध गरेपछि सम्बन्धित निकायले सेलिब्रेटीलाई जानकारी पठाउनेछ । त्यसपछि शुभचिन्तकले आवश्यक सन्देश आफ्नै नाममा प्राप्त गर्नेछन् ।

सेलिब्रेटीसँग आफू र आफ्नो परिवार तथा नजिकका व्यक्तिहरुको जीवनको विशेष उत्सवमा शुभकामना माग्न सक्नेछन् । त्यसका लागि न्यूनतम शुल्क लाग्छ । उक्त शूल्क सेलिब्रेटीले सामाजिक कार्यका लागि समेत जम्मा गर्नेछन् ।

नेपाली फिल्मका अभिनेता, अभिनेत्री, गायक, संगीतकार, निर्देशक, खेलाडी, कमेडियन, मोडल एपमा उपलब्ध छन् ।


कस्तो लाग्यो ?

यो पनि