बैशाख १३, २०८१, बिहीबार
               

ट्रम्पले  लेखे बाइडेनको नाममा चिट्ठी

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालयमा आफ्ना उत्तराधिकारी जो बाइडेनका लागि पत्र छोड्ने परम्परालाई निरन्तरता दिएका छन् । 

यद्यपि, उनले यो पत्रमा के लेखेका छन्, त्यसबारे केही थाहा छैन तर राष्ट्रपति जो बाइडेनले उक्त सन्देशलाई निकै उदार बताएका छन्  । बाइडेनको भनाइ उद्धृत गर्दै सीएनएनले लेखेको छ, ‘यो निकै निजी थियो त्यसैले उनीसँग कुरा नगरिकन म यसबारे केही भन्ने छैन । ’

यो पत्रमा ट्रम्पले बाइडेनका लागि के लेखेका छन् ? यो प्रश्नको जवाफमा प्रेस सेक्रेटरी जेन पास्कीले भनिन्, ‘उहाँले उक्त पत्र खोलेर हेर्ने बेला म उहाँसँगै अफिसमा थिएँ । उहाँले यसलाई उदार र अनुकूल बताउनुभएको छ ।’

‘उहाँले यो निजी पत्रमा के लेखिएको छ भनेर सार्वजनिक नगर्ने बताउनुभएको छ । हाल ट्रम्प र बाइडेनबीच कुराकानीको कुनै योजना छैन ।’

साकीले भनिन्, ‘म यसलाई पूर्व राष्ट्रपतिबीच लामो टेलिफोन वार्ताको संकेतको रुपमा पनि हेर्दिनँ ।’
 


कस्तो लाग्यो ?

यो पनि