बैशाख ११, २०८१, मंगलबार
               

प्रतिनिधि सभा विघटनको विरोधमा आज देशैभरि कांग्रेसकाे प्रदर्शन

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसले आज प्रतिनिधि सभा विघटनविरूद्ध देशभरका गाउँ/नगरका वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज छ हजार सात सय ४३ वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको हो । प्रदर्शनका लागि केन्द्रीय नेताहरू हिजै जिल्ला-जिल्ला पुगेका छन् ।

सभापति शेरबहादुर देउवाले बुधबार अपिल जारी गर्दै सरकारको उक्त कदमविरूद्ध वडाहरूबाट सक्रियताका साथ विरोध प्रदर्शन गर्न भनेका छन् ।

कांग्रेसले यसअघि प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभा क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । विरोध प्रदर्शनका लागि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पनि माघ १३ गतेसम्मका लागि स्थगित गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि