बैशाख १४, २०८१, शुक्रबार
               

कोरोनाको कारण मृत्युमा नयाँ रेकर्ड

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।

गत २४ घण्टामा अहिलेसम्मकै धेरै १७ हजार २३५ संक्रमितको मृत्यु भएको छ । यसअघि, माघ १ मा १६ हजार २६९ संक्रमितको मृत्यु भएको थियो । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख ८१ हजार ५४१ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ६ लाख ६९ हजार ४०१ संक्रमित थपिएका छन् । योसँगै ९ करोड ७२ लाख ७९ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमित २ करोड ५३ लाख ६९ हजार २३० जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १२ हजार ३३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म ६ करोड ९८ लाख २८ हजार ९७२ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ३०९ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १५ हजार ८२९ पुगेको छ ।

दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ६ लाख नाघेको भने अहिलेसम्म १ लाख ५२ हजार ९०६ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि