बैशाख ११, २०८१, मंगलबार
               

खैरो हिरोइनको कारोवार गर्ने गिरोहका ९ जना पक्राउ

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । लागुऔषध खैरो हिरोइन कारोवार गर्ने ९ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा इलामका सन्दिप राई, दीपक राई, केसाङ्ग योल्मुले र सोनाम कागते, मनाङका टासी सन्डुप गुरुङ, पाँचथरका भीप्रसाद लोवा तथा झापाका दिनेश कुमाल, सन्तोष सापकोटा र राजेश श्रेष्ठ रहेका छन् । 

सार्वजनिक कार्यक्रममा ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले लागुऔषध कारोवार गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिए । ‘काठमाडौं उपत्यकाभित्र लागुऔषध कारोवार गर्ने अन्य व्यक्तिको पनि खोजी भइरहेको छ’, उनले भने । 

प्रहरीले पक्राउ परेकासँग ५३६ ग्राम खैरो हिरोइन, ७.५ ग्राम एमफेटाइमन आइस ड्रग र लागुऔषध तौल गर्ने मेसिनसमेत बरामद गरेको छ । यस्तै ६ लाख ७१ हजार ५०० नेपाली रुपैयाँ, ६ हजार १०० अमेरिकन डलर, तीन थान मोटरसाइकल तथा स्कुटरसमेत बरामद गरिएको छ ।

पक्राउ परेका व्यक्तिले खैरो हिरोइनको एक ग्रामको तीन हजारदेखि १० हजार रुपैयाँ सम्ममा बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ । 

यो पनि