बैशाख ०८, २०८१, शनिबार
               

प्रधानमन्त्री कप : आज २ खेल हुँदै

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज २ खेल हुँदैछ । दुवै खेल बिहान ९ बजे सुरु हुनेछ । आज एपीएफ क्लब र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब खेल्दैछन् ।

लुम्बिनी र नेपाल पुलिस क्लब बीचकाे खेल कीर्तिपुर मैदानमा हुने छ । अहिलेसम्म एक खेल खेलेको लुम्बिनीले पहिलो खेलमा जित दर्ता गरेको छ भने दुई खेल खेलेको पुलिस क्लबले एकमा जित र एकमा हार ब्यहोरेको छ ।

यता मूलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र गण्डकी प्रदेश खेल्ने छन् । एपीएफ क्लबले पहिलो खेल जितेको छ भने गण्डकीले तीन खेल खेलेकाेमा दुईमा हार र एकमा जित निकालेको छ ।


कस्तो लाग्यो ?

यो पनि