बैशाख १३, २०८१, बिहीबार
               

पूर्व राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

वासिङटन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनै लाग्दा बुधबार ७३ जनाको सजाय माफ गरेका छन् । सजाय माफ गरिएकोमा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि छन् । 

ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘डोनाल्ड ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै अरु ७० जनाको सजाय कटौती गर्नु भएको छ ।’ उक्त सजायमा राष्ट्रपति र उनका बालबच्चाको नाम भने त्यसमा समावेश छैन । 

ब्याननमाथि मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउन भन्दै आम सर्वसाधारणसँग पैसा उठाएर दुरुपयोग गरेको आरोप लागेको थियो । मेक्सिको सीमामा पर्खाल लगाउने अभियान राष्ट्रपति ट्रम्पको पनि मुख्य चुनावी अभियान र नीति हो । डोनाल्ड ट्रम्पले ब्याननको सजाय माफ गर्नुअघि ब्याननलाई फोन गरेको अमेरिकी सञ्चार माध्यमहरुले बताएका छन् । 

यस्तै, ट्रम्पका पूर्व सहयोगी इलिअट ब्रोइडी र गायक लिल वाइनेको पनि सजाय माफ भएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले बुधबार नै अमेरिकाको ४६औँ राष्ट्रपतिका रुपमा सपथ लिइसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि