बैशाख ०८, २०८१, शनिबार
               

रियल म्याड्रिड अन्तिम ३२ बाट बाहिरियो

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

तेस्रो श्रेणीको एल्कोयानोसँग अतिरिक्त समयमा पराजित हुदै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम ३२ बाट बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग २–१ ले पराजित भएको हो । रियल मड्रिडका लागि मिलिताओले ४५ औँ मिनेटमा गोल गरि सुरुवाति अग्रता दिलाएका थिए ।

सुरुवाती अग्रता जोगाउन नसक्दा रियल १० खेलाडीमा समेटिएको एल्कोयानोसँग २–१ ले पराजित हुदै कोपा डेल रेबाट बाहिरिएको हो ।

८० औँ मिनेटमा सोल्बेसले एल्कोयानोका लागि बराबरी गोल गरे । त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो । ११० औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर लोपेज ओलिभान बाहिरिएपछि १० खेलाडीमा सीमित भएको एल्कोयानोका लागि ११५ औँ मिनेटमा कासानोभाले गोल गरेर जित दिलाए ।


कस्तो लाग्यो ?

यो पनि