बैशाख ०७, २०८१, शुक्रबार
               

म्यानचेष्टर युनाइटेड प्रिमियर लिगकाे शीर्षस्थानमा

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

म्यानचेष्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको पुनः शीर्षस्थानमा उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा फुलह्‍यामलाई उनकै घरेलु मैदानमा युनाइटेडले २-१ गोलले लेस्टर सिटीलाई पछि पार्दै पुनः शीर्ष स्थानमा उक्लिएको हो ।

फुलह्यामको मैदानमा एक गोलले पछि परेको युनाईटेडले पुनरागमन जित निकालेको हो ।खेलको पाँचौं मिनेटमा लुकम्यानले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । तर, २१ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफसम्म १-१ गोलको बराबरीमा खेलेको युनाइटेडले खेलको दोस्रो हाफको ६५औं मिनेटमा युनाइटेडका पोक्बाले गरेको दोस्रो गोल नै निर्णायक गोल बन्न पुग्यो ।


कस्तो लाग्यो ?

यो पनि