बैशाख ०७, २०८१, शुक्रबार
               

युभेन्टसले जित्यो इटालियन सुपरकपकाे उपाधि

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

युभेन्टसले इटालीयन सुपर कपको उपाधि जितेको छ ।  गएराति सम्पन्न फाइनलमा युभेन्टसले नापोलीलाई २-० गोल अन्तरले पराजित गर्दै इटालियन सुपरकपको उपाधि जितेको हो । 

सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाको गोल सहयोगमा युभेन्टस इटालियन सुपर कप च्याम्पियन बनेकाे हाे । युभेन्टसले सिरी ‘ए’ प्रतिद्वन्द्वी नेपोलीलाई पराजित गर्दा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलकाे ६४औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रत दिलाए । उनले बर्नरडेस्चीको कर्नरबाट आएको बललाई क्लोज रेन्जबाट जाली चुमाएका थिए ।

८०औं मिनेटमा लोरेन्जो इन्सिग्ने पेनाल्टीमा चुक्दा नेपोली बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जुआन कोर्डाडोको पासमा अल्भारो मोराटाले गोल गदै युभेन्टसलाई २–० जित दिलाउदै च्याम्पियन बनाए ।


कस्तो लाग्यो ?

यो पनि