बैशाख १४, २०८१, शुक्रबार
               

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

सिन्धुली । सवारी ज्यान मुद्दामा जेल सजाय तोकिएका फरार अभियुक्त अढाइ वर्षपछि पक्राउ परेका छन् । 

सिन्धुली जिल्ला अदालतले २०७५ जेठ २९ गते सात महिना २० दिन कैद सजाय तोकेका सिन्धुलीको कमलामाई नगरपालिका–८ ठूलडाँडाका ३० वर्षीय पञ्चबहादुर वाइबालाई इलाका प्रहरी कार्यालय भिमानको टोलीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार फरार अभियुक्त पञ्चबहादुरलाई मङ्गलबार पक्राउ गरी बुधबार सिन्धुली अदालतमा बुझाइएको जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि