बैशाख १३, २०८१, बिहीबार
               

वाग्मती प्रदेशको भेट्रान्स कप राष्ट्रिय फुटबलमा चार खेल

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

वाग्मती । वाग्मती प्रदेशअन्तर्गत मकवानपुरको हेटौँडमा जारी भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत बुधबार विभिन्न चार खेल भएका छन् । नकआउट चरणको पहिलो खेलमा बगरभाइ खलक पोखरा विजयी भएको छ ।

हाम्रो वीरगञ्ज भेट्रान्ससँग भएको खेलमा बगरभाइ खलक पोखरा विजयी भएको हो । खेलको निर्धारित समयसम्म दुवै समूहबाट १–१ गोलको बराबरी भएको थियो । खेलमा हाम्रो वीरगञ्ज भेट्रान्सको मनोज चौधरी र बगरभाइ खलक पोखराको मनोज गुरुङले एक–एक गोल गरेका थिए । ट्राइब्रकेरमा भएको खेलमा बगरभाई खलक पोखरा ३–२ गोलअन्तरले बिजयी भएको हो ।

यसैगरी आजको दोस्रो खेलमा हेटौँडा भेट्रान्स सुपर विजयी भएको छ । खेलको निर्धारित समयसम्म दुवै समूहबाट एक गोल पनि हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । ट्राइब्रेकरमा सिमरा भेट्रान्सलाई ४–३ गोलअन्तरले हराउँदै हेटौँडा भेट्रान्स सुपर विजयी भएको हो ।

बुधबारबाट नै क्वाटर फाइनलका खेल पनि सुरु गरिएको हो । उक्त खेलको पहिलो क्वाटरफाइन खेलमा चाबहिल भेट्रान्स विजयी भएको छ । बौद्ध भेट्रान्स र चाबहिल भेट्रान्सबीच भएको खेलमा चाबहिलले १–० गोलअन्तरमा जित आफ्नो पोल्टामा पारेको हो । चाबहिललाई जित दिलाउन सरोज थापाले गरेको एक गोल नै निर्णायक बन्यो ।

त्यस्तै, क्वाटर फाइनलको दोस्रो खेलमा सानो गौचरण काठमाडौं विजयी भएको छ । भनिमण्डल भेट्रान्सलाई १–० गोलअन्तरले हराउँदै सानो गौचरण विजयी भएको हो । सानो गौचरणको लागि नरेश श्रेष्ठले गरेको एक गोल नै विजयी गोल बनेको हो ।

नकआउट चरणमा खेलाइएको खेल प्रतियोगिताको आगामी माघ १० गते फाइनल हुनेछ । प्रतियोगितामा विजेताले प्रमाणपत्र, शिल्ड र नगद प्राप्त गर्नेछ । प्रतियोगिताका विजेताले एक लाख एक हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १११ रुपैयाँ प्राप्त गर्ने छन् ।

यो पनि